बग्दादमा एकैपटक तीन बम विस्फोट, ६ जनाको मृत्यु, १७ घाइते
बग्दाद । इराकको राजधानी बग्दादमा तीनओटा बम विस्फोटन हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । इराकी गृहमन्त्रालयका अनुसार मङ्गलबार बेलुका भएको सो घटनामा परी अरु १७ जना घाइते भएका छन् ।
‘हामीलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्,’ एक प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा भने ।
बग्दादमा मङ्गबार बेलुकाको समयमा तीन ओटा बम विस्फोट भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । एउटा मोटरसाइकल बम चर्चित बजार अल शाबमा विस्फोट भएको थियो । सो ठाउँ बग्दादको उत्तरपू्र्वी क्षेत्रमा पर्दछ ।
अर्को विस्फोट बग्दादको दक्षिणपूर्वी क्षेत्रमा पर्ने अल बैया क्षेत्रमा भएको समाचारमा जनाइएको छ । जहाँ चार जना घाइते भएका थिए । तेस्रो विस्फोट भने अल बालाडियटमा भएको हो । राजधानी बग्दादको पूर्वी क्षेत्रमा पर्ने यस ठाउँमा भएको विस्फोटनमा परी थप चार जना घाइते भएका थिए ।
विस्फोटनको घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । तर यस क्षेत्रमा इस्लामिक स्टेट (आईएस) का लडाकूहरुले यसअघि धेरै हिंसात्मक घटना गराएकाले यो घटनामा पनि उनीहरुकै संलग्नता रहेको हुन सक्ने कतिपयको आशंका छ । –सिन्ह्वा/Photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण