लिम्पियाधुराका बारेमा प्रमाण जुटाइँदैछः मन्त्री अर्याल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्ने बताएकी छिन् ।
सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा बुधबार सीमा बचाऊ अभियानका तर्फबाट ध्यानाकर्षण पत्र बुझ्दै सीमा सुरक्षाको सन्र्दभमा सरकार कटिबद्ध रहेको बताएकी हुन् ।
लिपुलेक र कालापानीका बारेमा आवश्यक पहल भईरहेको र लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर अघि बढ्ने सोचमा सरकार रहेको उनको भनाइ छ।
प्रधानमन्त्रीले आह्वान गरेको सर्वपक्षीय सर्वदलीय विज्ञहरुको बैठकमा सीमा सुरक्षाको सन्र्दभमा सबैको एकमत कायम भएको उल्लेख गर्दे उनले त्यसले सरकारलाई थप बल प्रदान गरेको बताइन् ।
लिम्पियाधुराका बारेमा प्रमाण जुटाउने सवालमा सरकारलाई सहयोग गर्न पनि उनले नागरिक समाजलाई आग्रह गरिन् ।
समय समयमा प्रकाशित नक्साहरुमा एकरुपता नदेखिएबाट नै सीमा सुरक्षा सुगौली सन्धि देखिकै भएको स्पष्ट भएको भन्दै उनले सरकार यथेष्ट प्रमाण जुटाउने क्रममा रहेको बताइन् ।
लिम्पियाधुरा सम्म नेपालको सीमा कायम गर्न माग गर्दै सीमा बचाउ अभियानका अगुवाहरुले मन्त्रीलाई ज्ञापनपत्र सहित नक्सा पनि हस्तान्तरण गरेका थिए । उनीहरुले सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहितको तत्काल नक्सा सहित श्वेत पत्र जारी गर्न मन्त्रीको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण