पोखरा बमकाण्ड: ५ जना घाइते (नामसहित अपडेट)
बुधबार, ११ मङ्सिर २०७६, १६ : ४२

पोखरा । नेकपाको चुनावी सभा नजिकै भएको बम बिस्फोटमा परि ५ जना घाइते भएको खुलेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त बम बिस्फोटमा परि ५ जना सर्वसाधारण घाइते भएका छन् ।
घाइते हुनेमा पोखरा महानगरपालिका १५ गलेश्वरका ५५ वर्षीया धनमाया सुनार, पोखरा १० कि ५४ वर्षीय कृष्ण गुरुङ, पोखरा १५ गलेश्वरकै ४५ वर्षीय रमिला सार्की, ५५ वर्षीय जानकी पोखरेल, सोही ठाउकै ५७ वर्षीय माया विक रहेका छन् । घाइतेहहरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि फर्किसकेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।
घाइतेहरुमध्ये पाँचै जनाको टाउको र ढाडमा भाग्ने क्रममा चोट लागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्रेको छ । यसबारे थप विवरण भने आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धात्मक खेलमा सान होजेसँग बराबरीमा रोकियो मेस्सी आबद्ध इन्टर मियामी
-
गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रमुख दलको प्रतिबद्धता
-
संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
-
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)
-
सशस्त्र प्रहरी बलले थाल्यो मनसुन पूर्व तयारी
-
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै