पोखरा बमकाण्ड: ५ जना घाइते (नामसहित अपडेट)
बुधबार, ११ मङ्सिर २०७६, १६ : ४२
पोखरा । नेकपाको चुनावी सभा नजिकै भएको बम बिस्फोटमा परि ५ जना घाइते भएको खुलेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त बम बिस्फोटमा परि ५ जना सर्वसाधारण घाइते भएका छन् ।
घाइते हुनेमा पोखरा महानगरपालिका १५ गलेश्वरका ५५ वर्षीया धनमाया सुनार, पोखरा १० कि ५४ वर्षीय कृष्ण गुरुङ, पोखरा १५ गलेश्वरकै ४५ वर्षीय रमिला सार्की, ५५ वर्षीय जानकी पोखरेल, सोही ठाउकै ५७ वर्षीय माया विक रहेका छन् । घाइतेहहरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि फर्किसकेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।
घाइतेहरुमध्ये पाँचै जनाको टाउको र ढाडमा भाग्ने क्रममा चोट लागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्रेको छ । यसबारे थप विवरण भने आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण