आयाक्सले जित्दा, चेल्सी र भ्यालेन्सिया बराबरीमा रोकिए
डच क्लब आयाक्सले च्याम्पियन्स लिग छनोट खेलमा फ्रेन्च क्लब लिलेलाई २–० गोलले हराएको छ । समूह ‘एच’ अन्तर्गत बुधबार राति भएको खेलमा आयाक्सलाई जिताउन हाकिम जियाचले दोस्रो र क्वीन्सी प्रोमेसले ५९औं मिनेटमा गोल गरे ।
जितसँगै पाँच खेलबाट १० अंक बनाएको आयाक्स शीर्ष स्थानमा छ । आयक्सको छनोट सम्भावना बलियो छ । एक अंक बनाएको लिले अन्तिममा छ । यही समूहको अर्को खेलमा इङ्लिस क्लब चेल्सी र स्पेनिस क्लब भ्यालेन्सियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
बराबरीसँगै दुवै टोलीले छनोटको सम्भावना कायम राखेका छन् । घरेलु टोली भ्यालेन्सियाका लागि कार्लाेस सोलेरले ४०औं र ड्यानियल वासले ८२औं मिनेटमा गोल गरे ।
चेल्सीका माटियो कोभासिसले ४१औं र क्रिस्टियन पुलिसिसले ५०औं मिनेटमा गोल गरेका थिए । बराबरीसँगै दोस्रो स्थानमा रहेको भ्यालेन्सियाले पाँच खेलबाट आठ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको चेल्सीको समान आठ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण