सुटिङको क्रममा सेटबाट लडे नायक, अस्पतालमा मृत्यु
ताइवानमा जन्मिएका नायक एवं मोडल गडफ्रे गाओको बिहिबार चीनमा मृत्यु भएको छ । दुर्घटनाका बेला उनी एक टिभी शोको सुटिङ गरिरहेका थिए । सुटिङका बेला उनी अचानक लडेका थिए जसका कारण उनको मृत्यु भएको हो ।
३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गगरिरहेका थिए । उनी यो कार्यक्रममा ‘गेस्ट’ प्रतिस्पर्धीको रुपमा समावेश भएका थिए । तर अचानक उनी सोको सेटबाट लडे । लडेपश्चात् उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । अस्पतालले उनको मृत्यु कार्डियक अरेष्टका कारण भएको बताएको छ । उनको शवलाई बिहिबार ताइवानमा लैजाइने जानकारीमा उल्लेख छ ।
कार्यक्रममा निर्माताले टिभी इभेन्टको कार्यक्रममा उनी लडेकाकारण उनको मृत्यु भएको पुष्टि गरेका छन् । निर्माताले भने, ‘सुटिङ चलिरहेको थियो । उनी अचानक सेटबाट तल खसे । उनी बेहोस भए । उनी लड्नेबित्तिकै अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषणा गरियो । ’ चिनियाँ मिडियाका अनुसार स्थानीय समयानुसार दिउँसो २ बजे उक्त घटना भएको हो ।
स्मरण रहोस्, सन् २०११ मा लक्जरी ब्रान्ड लुई भिटनको एक एड क्याम्पेनका लागि छानिने उनी पहिलो एशियाली पुरुष मोडल थिए । त्यसपछि उनले हलिउडमा पनि आफ्नो पहिचान बनाए । उनले ‘द मोर्टल इन्स्ट्रुमेन्टः सिटी अफ बोन्स’ मा अभिनय गरे । गाओ चीनमा पनि एक चर्चित नाम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण