नेपाल मेडिसिटीले रेडियोलोजीमा आर्टिफिसियल इन्टेलिजेन्स शुुरु गर्ने
ललितपुर– आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले आउँदो दशकमा हाम्रो जीवनको हरेक पक्षलाई परिवर्तन गर्नेछ । चिकित्सा क्षेत्रमा यसको असर देखिने स्पष्ट छ ।
रेडियोलोजी र मेडिकल इमेजिङको क्षेत्रमा एआईले ठूलो प्रगति गरेको छ । युएस एफडीएका धेरै अनुमोदनहरुका अनुुसार रोगको परिक्षण हुने तरिका तथा यसको निदानको तरिका परिमार्जित हुँदै आएको छ ।
मुलुकको एक अग्रणी तथा प्रगतिशील स्वास्थ्य अस्पताल नेपाल मेडिसिटी अस्पतालले संसारकै उत्कृष्ट इजरायली जेब्रा मेडिकल भिजनसँग साझेदारी गरेको छ जुन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको रेडियोलोजीका लागि संसारकै उत्कृष्ट मानिन्छ । यसबाट नेपालीहरुले स्वदैशमै उच्च गुणस्तरिय परिक्षण प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।
नेपालबाट प्रत्येक वर्ष ३ देखि ४ लाख नेपाली नागरिकहरु स्वास्थ्य उपचारका लागि विदेश जाने गरेकाले नेपालबाट ठूलो धनराशि पनि विदेशिने गरेको छ । यसरी विदेशिने प्रमुख कारण भनेको सहि परिक्षण र उपचारनै हो । स्वदेशमै सबै स्थानमा समान उपचार प्रदान नहुनु मुख्य समस्या हो ।
नेपाल मेडिसिटीको रेडियोलोजी तथा इमेजिङ केन्द्र वरिष्ठ रेडियोलोजिष्ट डा. राम कुमार घिमिरेको नेतृत्वमा रहेको छ । यस विभागमा आर्टिफिसियल इन्टेलिजेन्स सहितको थप सुरक्षीत र गुणस्तीय एवं विशिष्ट सेवा प्रदान गर्न अस्पताल तयार भएको जनाएको छ ।
मेडिसिटीले पहिलो चरणमा ईन्ट्राक्रेनियल हेमोरेज, अस्टियोपोरोसिस र हड्डीसम्बन्धि समस्याको रोकथामका लागि विशेष एल्गोरिथमहरू लागू गर्दैछ भने निकट भविष्यमा क्याल्सियम स्कोरिंगको साथ अपग्रेड गरीनेछ जसले हृदय रोग, एन्फाइसेमा र कलेजोमा असर सम्बन्धि समस्या पत्ता लगाउन सहयोग गर्नेछ ।
यस सेवा विस्तारसँगै स्वास्थ्य सेवालाई थप गुणस्तरिय बनाइ विश्व स्तरमा पुु¥याउने आशा अस्पतालको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण