इराकमा सरकार विरोधी प्रदर्शन, आठ प्रदर्शनकारीको मृत्यु
नसिरिया । इराकमा बिहीबार जारी प्रदर्शनको क्रममा भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको चिकित्सक स्रोतले जानकारी दिएको छ ।
इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरुले सरकारले करिब दुई हप्ताअघि पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसको विरोधमा प्रदर्शन शुरु गरेका हुन् । त्यस विरोध प्रदर्शनका क्रममा कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विरोध प्रदर्शनको क्रममा केही प्रदर्शनकारीको मृत्यु भएको छ भने अरु केही पक्राउ परेका छन् । यसैबीच, इरानले पेट्रोलियम पदार्थमा पनि मूल्य बृद्धि गरेको छ ।
इरानी राष्ट्रपति हसन रौहानीले इरानका बहुसङ्ख्यक जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सङ्कलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिएका थिए ।
इरान सरकारले गतवर्षको डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने जनाएको थियो । तर पनि यस निर्णयको यहाँका सर्वसाधारणले विरोध गरेका कारण संसद्ले उक्त प्रस्तावलाई अस्वीकृत गरेको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण