बलिउडमा ५० वर्ष पूरा गरेका अमिताभ बच्चन ‘ब्रेक’ लिने तयारीमा
बलिउडमा ५०औँ वर्षसम्म एकछत्र राज गरेका महानायक अमिताभ बच्चनले अब चलचित्र क्षेत्रबाट बाहिरिने मनसाय व्यक्त गरेका छन् ।
उनको गत नोबेम्बर ७ मा बलिउडमा ५० वर्ष पूरा गरेका छन् । उनले सन् १०६९ नोबेम्र ७ बाट ‘सात हिन्दुस्तानी’ मार्फत बलिउडमा पाइला टेकेका थिए ।
उमेरले ७७ औँ वर्ष पुगिसकेका अमिताभले आफ्नो ब्लगमा यस क्षेत्रबाट ब्रेक लिने संकेत गरेका छन् । उनले लेखेका छन्, ‘ मलाई लाग्छ मैले अब रिटायर हुनुपर्छ । दिमागले अर्कै सोच्छ अनि औंलाहरु अर्कै... यो संकेत हो ।’
त्यसो त केहि समयदेखि अमिताभ बच्चन बिरामी हुँदै आइरहेका छन् । फोक्सोमा आएको समस्याको कारण उनले धेरै पटक ‘कौन बनेगा करोडपति’ को शुटिङ नै रोकिएको थियो । त्यस्तै, उनको नयाँ फिल्म ‘ब्रह्मास्त्र’ को शुटिङको क्रममा समेत उनी बिरामी परेका थिए । उनी पछिल्लो समयमा शुटिङको दौरान होस् वा अन्य कार्यक्रमको समयमा होस् स्वास्थ्य समस्यासँग जुधिरहेका हुन्छन् ।
उनले सन् १९८४ देखि १९८७ सम्म तीन वर्ष फिल्मबाट बाहिर रहेर काम गरेका थिए । तीन वर्षसम्म चलचित्र क्षेत्रबाट बाहिरिएका अमिताभले राजनीति गरेका थिए । राजीव गान्धीको सपोर्टमा राजनीतिमा लागेका अमिताभले उत्तरप्रदेशका मुख्यमन्त्री हेमवती नन्दनलाई दोब्बर मतले हराएका थिए । उनको राजनीतिक यात्रा लामो गएन । उनी फेरि सन् १९८८ मा फिल्म ‘शहंशाह’ मार्फत चलचित्र क्षेत्रमा फर्किए ।
यसैगरी, सन् १९९२ मा ‘खुदागवाह’ को रिलीजपछि उनले फेरि पाँच वर्षको ‘रिटायर लाइफ’ बिताएका थिए । यसबीचमा उनले सन् १९९४ मा ‘इन्सानियत’ को शुटिङ गरिसकेका थिए । यसको पाँच वर्षपछि उनले सन् २००० मा ‘मोहब्बतें’बाट बलिउडमा फर्किए ।
पछिल्लो समय उनी व्यस्त रहेका शोहरुमध्ये ‘कौन बनेगा करोडपति –११’ को शुटिङ सकाएका छन् । उनी पुनः ‘ब्रम्हस्त्र’ को शुटिङमा व्यस्त छन् ।
उनी विज्ञापनहरुमा पनि उत्तिकै व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण