पुरुष भलिबलबाट बाहिरियो नेपाल
शुक्रबार, १३ मङ्सिर २०७६, १८ : ४१
काठमाडौं । नेपालको पुरुष भलिबल टोली १३ औ दक्षिण एसियाली खेलकुद (साग) बाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुक्रबार साँझ भएको खेलमा भारतसँग ३–० को सोझो सेटमा हार खेप्दै नेपाल बाहिरिएको हो । शारीरिक रुपमा अग्ला भारतीय खेलाडीमाथि नेपाली टोली निरिह देखिएको थियो ।
पहिलो सेटमा २५–१५ ले गुमाएको नेपाल दोस्रो सेटमा २५–१३ ले पछि परेको थियो । तेस्रो सेटमा नेपाल २५–१६ ले पराजित भयो । समूह चरणको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो । पुरुष भबिलमा नेपाल समूह ‘ए’ मा थियो । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनमा पुगेका छन् । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण