बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पुरुष भलिबलबाट बाहिरियो नेपाल

शुक्रबार, १३ मङ्सिर २०७६, १८ : ४१
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौं । नेपालको पुरुष भलिबल टोली १३ औ दक्षिण एसियाली खेलकुद (साग) बाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुक्रबार साँझ भएको खेलमा भारतसँग ३–० को सोझो सेटमा हार खेप्दै नेपाल बाहिरिएको हो । शारीरिक रुपमा अग्ला भारतीय खेलाडीमाथि नेपाली टोली निरिह देखिएको थियो ।

पहिलो सेटमा २५–१५ ले गुमाएको नेपाल दोस्रो सेटमा २५–१३ ले पछि परेको थियो । तेस्रो सेटमा नेपाल २५–१६ ले पराजित भयो । समूह चरणको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो । पुरुष भबिलमा नेपाल समूह ‘ए’ मा थियो । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनमा पुगेका छन् । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप