शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा जीप दुर्घटना हुँदा ७ जना घाइते, २ को अवस्था गम्भीर

शुक्रबार, १३ मङ्सिर २०७६, २० : १०
शुक्रबार, १३ मङ्सिर २०७६

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटमा जीप दुर्घटना हुँदा  ७ जना घाइते भएका छन् । जसमा दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा जीप चालक २५ वर्षीय लालबहादुर नेपाली र  स्थानीय महिला ५० वर्षीया चन्द्रकला घिमिरे रहेका छन् ।

शुक्रबार साँझ लु १ च७२४८ नम्बरको जीप रुपाकोटको दोकुवाबाट रोइकट  एक्लेपिपल जाने क्रममा बे्रक फेल हुँदा रुपाकोटमा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार  गम्भीर घाइते २ जनालार्ई उपचारका लागि पाल्पा पठाइएको छ । 

अन्य ५ जनाको खैरेनी स्वास्थ्य चौकीमा उपचार हुँदैछ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप