गुल्मीमा जीप दुर्घटना हुँदा ७ जना घाइते, २ को अवस्था गम्भीर
शुक्रबार, १३ मङ्सिर २०७६, २० : १०
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमा दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा जीप चालक २५ वर्षीय लालबहादुर नेपाली र स्थानीय महिला ५० वर्षीया चन्द्रकला घिमिरे रहेका छन् ।
शुक्रबार साँझ लु १ च७२४८ नम्बरको जीप रुपाकोटको दोकुवाबाट रोइकट एक्लेपिपल जाने क्रममा बे्रक फेल हुँदा रुपाकोटमा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार गम्भीर घाइते २ जनालार्ई उपचारका लागि पाल्पा पठाइएको छ ।
अन्य ५ जनाको खैरेनी स्वास्थ्य चौकीमा उपचार हुँदैछ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण