बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक करिडोरका लागि १५ स्थानीय तहका प्रमुखहरुको सम्मेलन

शनिबार, १४ मङ्सिर २०७६, १६ : २३
शनिबार, १४ मङ्सिर २०७६

पाल्पाको तानसेन नगरपालिकामा सिद्धार्थ आर्थिक करिडोरका लागि मेयरहरुको साझा मञ्चको सम्मेलन सुरु भएको छ । शनिवारदेखि आइतबारसम्म चल्ने २ दिने सम्मेलनमा त्यस क्षेत्रका १५ स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुसहितको सहभागिता छ । 

तानसेन नगरपालिकाको समन्वयमा भएको सम्मेलनले  विकासका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गर्ने तानसेन नगरपालिकाका 
प्रमुख अशोककुमार शाहीले जानकारी दिए । 

१५ स्थानीय तहमा मेयरहरुको मञ्च मार्फत अवसरको उपयोग गर्ने, लोकमार्गको स्तरोन्नतिका लागि सहकार्यका लागि दवाव सिर्जना गर्दै अघि बढ्ने निर्णय गरिने उनको भनाई छ ।  

सिद्धार्थ आर्थिक करिडोरको प्रयासबाट  सो क्षेत्रका गाउँ तथा नगरपालिकाहरुको समन्वय र सहकार्यमा कृषि, पर्यटन, सूचनाप्रविधि, खनिज, तथा साना स्वरोजगारमूलक उद्योगहरुको स्थापना र विकासमा फड्को मार्न सक्ने तानसेन नगरपालिकाका प्रमुख शाहीले बताए । 

एक आपसमा सहयोग, सद्भाव, रोजगारीको सिर्जना, राजमार्ग वरिपरि रहेका पर्यटकीय स्थलहरुको पहिचान, प्रवद्र्धन तथा विकासका लागि सञ्जाल सहयोगी बन्न सक्ने,  कृषि उत्पादनलाई व्यवसायीकरण तथा उत्पादित सामानहरुको बजारीकरणमा समेत नगर तथा गाउँपालिकाहरुले सहकार्यमा कार्य गर्न सकिने उनको भनाई छ । 

सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्माले गण्डकी प्रदेश र प्रदेश नं ५ का प्रादेशिक नीति तथा योजनाबारे र सिद्धार्थ करिडोरको महत्वबारे प्रस्तुति राख्ने कार्यक्रम छ । २ दिने सम्मेलनले तानसेन घोषणापत्र जारी गर्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप