महिनावारीको समयमा हुने भेदभाव विरुद्ध काठमाडौँमा कार्यक्रम
काठमाडौँ । महिनावारीको समयमा हुने भेदभाव विरुद्ध काठमाडौँमा कार्यक्रमको आयोजना गरिएको छ ।
शनिवार भृकुटीमण्डपको बगैचामा पूर्वनेपाल सुन्दरीहरुको समूहले महिनावारीको समयमा हुने भेदभाव बिरुद्धको अभियान सुरु गरेका हुन् ।
महिनावारीको समयमा परिवार समाजमा हुनेभेदभाव, बिद्यालयमा शौचालयको अभाव, प्याड उपलब्ध नहुने कारणले पढाई नै छोड्नु पर्ने अवस्था कम गर्न अभियान थालेको पूर्व नेपाल सुन्दरी सुगारिका केसीले बताइन् ।
कार्यक्रममा संकलन हुने रकमले दुर्गम क्षेत्रका बिद्यालयमा स्यानिटरी प्याडको वितरण गर्ने र ब्यबस्थित शौचालय बनाउने पनि केसीले बताइन् ।
पूर्वनेपाल सुन्दरीहरुको समूहले मितिनी नामको गैरसरकारी संस्था सँग मिलेर देशभरि अभियान संचालन पनि गर्ने भएको छ । अभियानमा स्थानीय क्लब तथा आमा समुहलाई समेटेर महिनावारीको समयमा हुने भेदभाव हटाउन जनचेतनामुलक काम गर्ने पूर्व मिस नेपाल माल्विका सुब्बाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण