आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महिनावारीको समयमा हुने भेदभाव विरुद्ध काठमाडौँमा कार्यक्रम

शनिबार, १४ मङ्सिर २०७६, १६ : ४३
शनिबार, १४ मङ्सिर २०७६

काठमाडौँ । महिनावारीको समयमा हुने भेदभाव विरुद्ध काठमाडौँमा कार्यक्रमको आयोजना गरिएको छ । 

शनिवार भृकुटीमण्डपको बगैचामा पूर्वनेपाल सुन्दरीहरुको समूहले महिनावारीको समयमा हुने भेदभाव बिरुद्धको अभियान सुरु गरेका हुन् ।

महिनावारीको समयमा परिवार समाजमा हुनेभेदभाव, बिद्यालयमा शौचालयको अभाव, प्याड उपलब्ध नहुने कारणले पढाई नै छोड्नु पर्ने अवस्था कम गर्न अभियान थालेको पूर्व नेपाल सुन्दरी सुगारिका केसीले बताइन् । 
कार्यक्रममा संकलन हुने रकमले दुर्गम क्षेत्रका बिद्यालयमा स्यानिटरी प्याडको वितरण गर्ने र ब्यबस्थित शौचालय बनाउने पनि केसीले बताइन् । 

पूर्वनेपाल सुन्दरीहरुको समूहले मितिनी नामको गैरसरकारी संस्था सँग मिलेर देशभरि अभियान संचालन पनि गर्ने भएको छ । अभियानमा स्थानीय क्लब तथा आमा समुहलाई समेटेर महिनावारीको समयमा हुने भेदभाव हटाउन जनचेतनामुलक काम गर्ने पूर्व मिस नेपाल माल्विका सुब्बाले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप