बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पर्साको प्रसौनी गाउँपालिका ५ मा समाजवादी पार्टीका रुपलाल यादव विजयी

आइतबार, १५ मङ्सिर २०७६, ०८ : १०
आइतबार, १५ मङ्सिर २०७६

पर्सा जिल्लास्थित सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा समाजवादी पार्टीका उम्मेदवार रुपलाल यादव विजयी भएका छन् ।

यादवले १०३१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका अशेश्वर यादव ८१९ मत प्राप्त गरेको निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

यस्तै, नेकपाका उम्मेदवार दयाशंकर रौनियारले २३२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार दिनेश साहले १६ मत प्राप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप