फ्लप सावित भएका यी हुन् बलिडउका ५ स्टार किड्स
मुम्बई । स्टार किड्सले बिना मिहिनेत अभिनयमा प्रवेश पाउने आरोप अक्सर बलिउडलाई लाग्दै आएको छ । स्टार किड्का तुलनामा बाहिरबाट आएका कलाकारले बलिउडमा निकै संघर्ष गर्नुपरेको धेरै उदाहरण छन् ।
तर बिना ट्यालेन्ट बलिउडमा टिक्न मुस्किल नै रहेको छ । आज बलिउडका ५ स्टार किड्सका बारेमा चर्चा गर्न खोजिएको छ । जसलाई स्टार किड्स भएको कारण बलिउडमा सजिलै प्रवेश त मिल्यो । तर करिएर फ्लप साबित भयो ।
फरदीन खान
फरदीन खानका पिता फिरोज खान आफ्नो जमानाको चर्चित अभिनेता थिए । त्यसैले फरदीनको बलिउड डेब्यु निकै धुमधामसँग भएको थियो । फरदीनले बलिउडमा केही फिल्म अभिनय गरेका छन् । तर फिल्मको ब्यवसाय नभएको कारण उनलाई फ्लप अभिनेता मानिने गरिएको छ ।
तनिषा मुखर्जी
अभिनेत्री तनुजा मुखर्जीकी छोरी हुन् तनिषा । उनले पनि केही फिलम अभिनय गरेकी थिइन् । तर सफल हुन सकेन । तर उनको दिदी काजोलले भने अभिनयमा सफलता हासिल गरिन् ।
तुषार कपुर
एक जमानाका सुपरस्टार जीतेन्द्रका छोरा तुषार कपुरले पनि बलिउडमा धेरै फिल्म अभिनय गरेका छन् । तर अन्यस्टारसँग अभिनय गरेको बाहेक तुषारले सालो अभिनय गरेको कुनैपनि फिलम हिट भएको छैन ।
महाक्षय
अभिनेता मिथुन चक्रवर्तीका छोरा हुन् मिमोह । उनले फिल्म जिम्मीबाट बलिउड डेब्यु गरेका थिए । तर फिल्म फ्लप भयो । यसपछि उनले आफ्नो नाम फेरेर महाक्षय बनाए । तर पनि करियर उभो लाग्न सकेन ।
गिरीश तौरानी
बलिउड निर्माता कुमार एस तौरानीका छोरा हुन् गिरीश तौरानी । उनले फिल्म ‘रमैया वस्तावैया’बाट बलिउड डेब्यु गरेका थिए । तर यो फिलम फ्लप भयो । त्यसपछि उनले फेरि ‘लवशुदा’ अभिनय गरे । यो फिल्म पनि फ्लप भएपछि उनले आफुलाई बलिउडबाट टाढा बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण