उदयपुर अस्पतालमा सुत्केरीको मृत्यु
आइतबार, १५ मङ्सिर २०७६, २२ : ४९
जिल्ला अस्पताल उदयपुरमा आज उपचार गर्न ढिलो ल्याउने क्रममा एक सुत्केरीको मृत्यु भएको छ ।
जिल्ला अस्पतालका अनुसार उदयपुर, त्रियुगा नगरपालिका–७ घर बताउने २६ वर्षीया सरिस्मा बुढाथोकीको उपचार गर्न ढिला ल्याइपु¥याउँदा मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा विजय मेहताले बताए ।
बिहान ७ बजे जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेको बुढाथोकीलाई उनका श्रीमान् प्रेमले लिएर आएका थिए ।
बिरामीको शरीरमा हेमोग्लोबिन कम भएकाले अवस्था नाजुक भएपछि जिल्ला अस्पतालले बाहिर लान सिफारिश गरेको थियो । श्रीमान् रगतका लागि रकम जुटाउन गएका बेला श्रीमतीको बिहान ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण