एभर्टनलाई हराउँदै लेस्टर दोस्रो स्थानमा
एभर्टनमाथि पुनरागमन जित निकाल्दै लेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लेस्टरले एभर्टनलाई २–१ गोलले हरायो । लेस्टरको जितमा जेमी भार्डी र केलेची इहेन्चोले गोल गरे । एभर्टनका रिचार्लीसनको सुरुवाती गोल सान्तवना बनेको थियो ।
लेस्टरले २५औं मिनेटमा रिचार्लीसनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा पछि परेको लेस्टरले ६८औं मिनेटमा बराबरी गोल फर्कायो । जेमी भार्डीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा केलेचीले गोलगर्दै लेस्टरको जित पक्का बनाएका थिए ।
जितसँगै लेस्टरले १४ खेलबाट ३२ अंक बनाएको छ । १४ अंक बनाएको एभर्टनले रेलिगेसन लाइन मात्र छलेको छ ।शीर्ष स्थानमा रहेको लिभरपुलको ४० अंक छ । तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ । चौथो स्थानमा रहेको चेल्सीको २६ अंक छ ।
यसैगरी अर्को खेलमा म्याचेस्टर युनाइटेड एस्टन भिल्लाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । युनाइटेडका लागि निल्ससन लिनलफलले गोल गरे । अकोृ गोल युनाइटेडले उपहार पाएको थियो । एस्टन भिल्लाका ज्याक ग्रियलिस र ट्योरोनी मिङ्सले गोल गरे । बराबरीसँगै १८ अंक बनाएको युनाइटेड नवौं स्थानमा छ । अन्य खेलमा आर्सनलले नर्विच सिटीसँग २–२ तथा वल्भ्स र सेफिल्ड युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण