एभर्टनलाई हराउँदै लेस्टर दोस्रो स्थानमा

एभर्टनमाथि पुनरागमन जित निकाल्दै लेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लेस्टरले एभर्टनलाई २–१ गोलले हरायो । लेस्टरको जितमा जेमी भार्डी र केलेची इहेन्चोले गोल गरे । एभर्टनका रिचार्लीसनको सुरुवाती गोल सान्तवना बनेको थियो ।
लेस्टरले २५औं मिनेटमा रिचार्लीसनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा पछि परेको लेस्टरले ६८औं मिनेटमा बराबरी गोल फर्कायो । जेमी भार्डीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा केलेचीले गोलगर्दै लेस्टरको जित पक्का बनाएका थिए ।
जितसँगै लेस्टरले १४ खेलबाट ३२ अंक बनाएको छ । १४ अंक बनाएको एभर्टनले रेलिगेसन लाइन मात्र छलेको छ ।शीर्ष स्थानमा रहेको लिभरपुलको ४० अंक छ । तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ । चौथो स्थानमा रहेको चेल्सीको २६ अंक छ ।
यसैगरी अर्को खेलमा म्याचेस्टर युनाइटेड एस्टन भिल्लाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । युनाइटेडका लागि निल्ससन लिनलफलले गोल गरे । अकोृ गोल युनाइटेडले उपहार पाएको थियो । एस्टन भिल्लाका ज्याक ग्रियलिस र ट्योरोनी मिङ्सले गोल गरे । बराबरीसँगै १८ अंक बनाएको युनाइटेड नवौं स्थानमा छ । अन्य खेलमा आर्सनलले नर्विच सिटीसँग २–२ तथा वल्भ्स र सेफिल्ड युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
बाग्लुङमा रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
म्यान्चेस्टर युनाइटेडलाई हराउँदै टोटनह्यामले जित्यो युरोपा लिग
-
‘इनिस्पेक्टर’हुँ भन्दै ठग्ने र स्कुटर चोर्ने गिरोहसहित आठ जना पक्राउ
-
मेची भन्सारबाट दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन