३६ वर्ष अघि रिलिज भएको त्यो फिल्म जसको एक शटले खतरामा पारेको थियो अमिताभको जीवन
बलिउडका दिग्गज कलाकार अमिताभ बच्चन विगत ५० वर्षदेखि मानिसहरुलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् ।
अमिताभ आफ्नो काममा निकै गम्भीर छन् । अमिताभको मिहिनेत उनको फिल्ममा स्पष्ट देखिन्छ । तर अमिताभको एउटा फिल्म यस्तो पनि छ जसले उनलाई अपार सफलता त दिलायो तर मृत्युको मुखमा पनि पुर्याएको थियो । यहाँ कुरा हुँदैछ फिल्म ‘कुली’ को ।
फिल्म कुली डिसेम्बर २ मा रिलिज भएको थियो । यो फिल्मको सुटिङको क्रममा एउटा यस्तो दुर्घटना भयो कि अमिताभ बच्चन मृत्युको मुखमा पुगेका थिए ।
के थियो घटना ?
फिल्मको सुटिङको क्रममा एउटा दृश्य यस्तो थियो कि उनका को–स्टार पुनित इस्सरले अमिताभलाई पन्च हान्नु थियो । यो दृश्य सुट गर्नेबेला सन् १९८२ जुलाई २६ मा अमिताभ घाइते भएका थिए । अमिताभलाई मुम्बईको एक अस्पतालमा भर्ना गरियो । यो घटनाको केही समयपछि अमिताभलाई ‘क्लिनिकल्ली डेड’ घोषित गरिएको थियो । अमिताभको पेटमा यति गहिरो चोट लागेको थियो कि उनको आन्द्रासमेत फुटिसकेको थियो ।
२५ प्रतिशत कलेजो लिएर बाँचिरहेका छन् अमिताभः
अमिताभका लागि दुई सय दानकर्ताले ६० बोतल रगत पनि दिएका थिए । तर यही बोतलमध्ये कुनै एक दानकर्ताको रगत हेपाटाइटिस बी भाइरसले संक्रमित थियो । सन् २००० मा हेपाटाइटिस बी भाइरसका कारण उनको कलेजो ७५ प्रतिशत खराब भयो । तर अमिताभले हार मानेनन् । उनी आज पनि सक्रिय रुपमा काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण