न्यायपरिषद बैठक: १२ जिल्लामा न्यायाधीश हेरफेर
काठमाडौं । न्यायपरिषद् बैठकले ७ जिल्लामा न्यायाधीश सिफारिस गरेको छ । मंगलबार बसेको परिषद बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके र सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो । परिषदका अनुसार भोजपुरमा गेहेन्द्रराज पन्त, रुकुममा विद्याराज पौडेल, सोलुखुम्बुमा महेन्द्रराज काफ्ले, डोल्पामा टेकराज जोशी, झापामा इन्दिरा शर्मा, बाँकेमा मनकुमारी जिएम र सप्तरीमा रिताकुमारी बख्रेल सिफारिस भएका छन् ।
पन्त उच्च अदालत तुल्सीपुरस्थित बुटवल इजलासका रजिष्ट्रार हुन् भने पौडेल सर्वोच्च अदालतका उपरजिष्ट्रार हुन् । काफ्ले पनि सर्वोच्च अदालतका उपरजिष्ट्रार हुन् । जोशी उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार हुन् भने शर्मा सर्वोच अदालतकी उपरजिष्ट्रार हुन् ।
विक पनि सर्वोच्च अदालतकी उप रजिष्ट्रार हुन् भने बख्रेल पनि सर्वोच्चकै उप रजिष्ट्रार हुन् ।
न्यायाधीश सरुवा
त्यस्तै ५ जिल्लामा न्यायाधीश सरुवा भएका छन् । जसअनुसार खिलराज रेग्मी (बारा), अमृतबहादुर बस्नेत(झापा), अम्बिकाप्रसाद निरौला (काठमाडौं), तेजबहादुर खड्का (मोरङ), आत्मदेव जोशी (धादिङ) सरुवा भएका भएका हुन् ।
रेग्मी भोजपुर जिल्ला अदालतमा कार्यरत थिए भने बस्नेत सोलखुम्बु जिल्ला अदालतमा कार्यरत थिए । निरौला नवलपुर जिल्ला अदालतमा कार्यरत थिए भने खड्का दोलखा जिल्ला अदालतमा कार्यरत थिए । त्यस्तै जोशी रुकुम जिल्ला अदालतमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण