यौन शोषणको आरोप खेपेका अनु मलिकको ठाउँमा अब हिमेश रेशमिया
बुधबार, १८ मङ्सिर २०७६, ११ : १७
संगीतकार अनु मलिक टेलिभिजनको लोकप्रिय रियालीटी शो ‘इन्डियन आइडल’को सिजन ११ मा नफर्कने खबर सार्वजनिक भएसँगै शोमा हिमेश रेशमियाको ‘इन्ट्रि’ भएको छ ।
यसअघि अनु मलिकले शोबाट आफूले तीन हप्ताको ब्रेक लिएको बताएका थिए ।
बिहीबार गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको यौन शोषणको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाएको थियो । आयोगले सोनी टेलिभिजनसँग स्पष्टिकरण मागेको थियो ।
आयोगले सोनी इन्टरटेनमेन्ट टेलिभिजनका अध्यक्ष रोहित गुप्तालाई सूचना जारी गर्दै मलिकलाई शोबाट निकाल्न आग्रह गरेको थियो ।
दैनिक भास्करमा यसअघि नै अब अनु मलिक उक्त शोमा नफर्किने बताइएको थियो । सोनी टेलिभिजनले अनु मलिक शोमा नफर्किने जानकारी दिएको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण