नेयमार र एमबाप्पेको गोलमा पीएसजी विजयी
बिहीबार, १९ मङ्सिर २०७६, ०८ : ५३
सुपर स्टारद्वय नेयमार र केलियन एमबाप्पेले गोल गरेपछि साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा नान्टेसमाति सहज जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीले नान्टेस २–० गोलले हरायो ।
पीएसजीको जितमा एमबाप्पेले ५२औं मिनेटमा गोल गरेका थिए । उनले एन्जल डी मारियाको पासमा गाल गरेका थिए । त्यसपछि ८५औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । निकोलस पालोसिसले इकार्डीलाई डिबक्स भित्र फल हानेपछि पीएसजीले पेनाल्टी पाएको थियो । जसलाई नेयमारले सही सदुपयोग गरे ।
यसअघि ४१औं मिनेटमा नेयमारले गोल गरेपनि भिएआरले सहायतामा मान्यता दिईएन । जितसँगै १५ खेलबाट ३६ अंक बनाएको पीएसजी शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको मार्सेलीको ३१ अंक छ । नवौं स्थानमा रहेको नान्टेसको २३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण