नेयमार र एमबाप्पेको गोलमा पीएसजी विजयी
बिहीबार, १९ मङ्सिर २०७६, ०८ : ५३

सुपर स्टारद्वय नेयमार र केलियन एमबाप्पेले गोल गरेपछि साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा नान्टेसमाति सहज जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीले नान्टेस २–० गोलले हरायो ।
पीएसजीको जितमा एमबाप्पेले ५२औं मिनेटमा गोल गरेका थिए । उनले एन्जल डी मारियाको पासमा गाल गरेका थिए । त्यसपछि ८५औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । निकोलस पालोसिसले इकार्डीलाई डिबक्स भित्र फल हानेपछि पीएसजीले पेनाल्टी पाएको थियो । जसलाई नेयमारले सही सदुपयोग गरे ।
यसअघि ४१औं मिनेटमा नेयमारले गोल गरेपनि भिएआरले सहायतामा मान्यता दिईएन । जितसँगै १५ खेलबाट ३६ अंक बनाएको पीएसजी शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको मार्सेलीको ३१ अंक छ । नवौं स्थानमा रहेको नान्टेसको २३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक
-
सदन अवरोध हटाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव, प्रतिपक्षी दलहरू छलफलमा
-
जन्मदिन मनाउन व्यस्त छन् राजेश हमाल : कति पुग्यो उमेर ?
-
स्वरूपराज आचार्यले स्वर दिएको नयाँ गीत सार्वजनिक
-
वाईसीएललाई प्रचण्डको निर्देशन : ‘प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिनुहोस्’
-
आज कति छ सुनचाँदीको मूल्य ?