हिट भएर पनि गुमनाम ५ अभिनेत्री
मुम्बई । अभिनेताको तुलनामा अभिनेत्रीको करियर बलिउडमा छोटो रहेको पाइन्छ । बलिउडमा यस्ता केही अभिनेत्री पनि छन् । जसले एक समय निकै हिट फिल्म दिएर चर्चामा रहन सफल भए । तर अहिले भने गुमनाम छन् । हिट भएर पनि गुमनाम ५ अभिनेत्री । जसको चर्चा आजको विषय हो ।
अनु अग्रवाल
महेश भट्टको फिल्म ‘आशिकी’बाट रातारात स्टार बनेकी अभिनेत्री अनु अग्रवाल अहिले बलिउडमा गुमनाम छिन् । एक दुर्घटनामा आफ्नो स्मरण शक्ति गुमाएकी उनको फिल्मी करियर उक्त दुर्घटनाले सिध्याएको हो ।
ममता कुलकर्णी
केही राम्रो फिल्ममा काम गरेकी ममता कुलकर्णीको बलिउड करियर लामो समय टिक्न सकेन । केही फिल्ममा अभिनय गरेर पनि राम्रो चर्चा पाउन सफल उनी अहिले बलिउड भन्दा बाहिर छिन् ।
सन्दली सिन्हा
सन्दलीले फिल्म तुमबिनबाट अभिनयमा परिचय बनाएकी हुन् । त्यसपछि उनले पिन्जर, तुम्हारे हवाले वतनजस्ता फिल्ममा काम गरेकी थिइन् । तर उनी अहिले बलिउड बाहिर रहेर परिवारसँग जीवन बिताइरहेकी छन् ।
नम्रता शिरोडकर
वास्तव, पुकार, जब प्यार किसी से होता है जस्ता हिट फिल्मबाट चर्चामा रहेकी नम्रता शिरोडकर २००४ देखि बलिउडबाट टाढा रहदै आएकी छन् । साउथका सुपरस्टार महेशबाबुसँग विवाह गरेपछि उनी परिवारमै फोकस भइन् ।
प्रिया गिल
‘सिर्फ तुम’ बाट सफलता हासिल गरेकी प्रिया गिलको फिल्मी करियर मात्र ५ बर्ष चल्यो । हिट फिल्म दिएपनि उनी अहिले बलिउडबाट बाहिर छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण