१ सय २४ स्वर्ण पदकको टुंग्यो : कुन देशले कति जिते (तालिकासहित)
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा १ सय २४ वटा स्वर्ण पदकको टुंगो लागेको छ । सागमा समावेश गरिएका विभिन्न खेल प्रतियोगितामा अहिलेसम्म १२४ स्वर्ण पदकको टुंगो लागेको छ । सबै भन्दाबढी स्वर्ण पदक जित्नेको अग्रपंतिमा भारत रहेको छ । प्रतियोगिताको पहिलो र दोस्रो दिन पदक तालिकामा अग्रस्थानमा रहेको नेपाल पाँचौ दिन पुग्दा भारत भन्दा २२ स्वर्णले पछि छ ।
भारतले यो समाचार तयार पारुन्जेल ५८ वटा स्वर्ण पदक हात पारेको छ । यता नेपालले ३६ वटा स्वर्ण पदकमा बाजी मारेको छ ।
यस्तै श्रीलंका, पाकिस्तान र बंगलादेशले क्रमश : १६, १२ र ४ स्वर्ण पदक हात पारेका छन् । यता माल्दिभ्सले एक स्वर्ण पदक हात पारेको छ भने भुटान अहिलेसम्म स्वर्ण पदक विहीन छ ।
नेपाल ३६ स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहँदा श्रीलंका १६ स्वर्ण सहिता तेस्रो स्थानमा छ भने पाकिस्तान १२ स्वर्ण सहित चौथो स्थानमा छ । प्रतियोगितामा बंगलादेशले ४ स्वर्ण जित्दै प्रतियोगिताको पाँचौ स्थानमा रहेको छ भने माल्दिभ्सको एक स्वर्ण छ ।
भुटानले हाल सम्म स्वर्ण पदकमा खाता खोल्न सकेको छैन् । प्रतियोगितामा भारतले ४१ रजत जितेको छ । रजतमा पनि भारत शीर्ष स्थानमा छ । श्रीलंकाले ३१ रजत जित्दा नेपाल २६, पाकिस्तान २१ र बंगलादेशले १० रजत जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण