लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप सजग छ: आइजीपी खनाल
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप सजक र गम्भीर रहेको बताएका छन् । उनले १ र २ नं प्रदेश प्रहरी कार्यालयअन्तर्गत १८ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई प्रहरी प्रधान कार्यालयबाट आज भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिँदै हिंसा र हत्याका घटना रोक्न थप सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए ।
उनले सो क्षेत्रका लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अभियन्तासँग समेत आजै भिडियो कन्फ्ेन्समार्फत अन्तरक्रिया गरे । उक्त अभियानमार्फत विभिन्न जिल्लामा सञ्चालन भइरहेको जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न उहाँले सम्बन्ध प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
अन्तरक्रियाको क्रममा प्रहरी महानिरीक्षक खनालले जिल्लास्थित विभिन्न महिला सञ्जालका अध्यक्ष तथा पदाधिकारीले दिएको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन सम्बन्धित कार्यालया प्रमुखलाई आग्रह गरे ।
उनले ती जिल्लाको शान्ति सुरक्षाको अवस्था तथा कामबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग जानकारी लिएका थिए । उनले महिला सञ्जालको भूमिकालाई समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणासँग जोडेर समाजमा हुने लैङ्गिक हिंसाका घटनालाई शून्य सहनशीलता विधिको माध्यमद्वारा निस्तेज गर्न थप अभियान चलाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण