गौरिकाले प्रश्न गरिन्: के म नेपाली होइन र ?
काठमाडौं । १३ औं सागमा नेपाली पौडीका लागि बिहिबार ऐतिहासिक दिन बन्यो । सागको इतिहासमै गौरिका सिंहले नेपाललाई पहिलो ऐतिहासिक स्वर्ण पदक दिलाइन् । गौरिकाले दुई सय मिटर फ्रि स्टाइल विधामा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।
सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा गौरिकाले निर्धारित दुरी दुई मिनेट ०५.०६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी गौरिका आफुले नेपालको लागि स्वर्ण जिते पनि कसै कसैले नेपाली होइन भनेर होच्याउने गरेको दुखेसो पोखिन् । ‘मलाई बाहिर बस्छ, नेपाली होइन भन्छन् । तर मैले जितेको पदक नेपाल र नेपालीको लागि हो । मलाई नेपाली दर्शक र समर्थक धेरै मनपर्छ । के म नेपाली होइन र ? गौरिकाले प्रश्न गरिन् ।
गौरिका उनका बाबुआमासँगै लन्डनमा बस्दै आएकी छन् । कहिलेकाँही अन्य एनआरएनए सरह गौरिकाको परिवारलाई पनि नेपाली होइन भनेर आरोप लगाइने गरेका कारण गौरिकाले सञ्चारकर्मी सामु गुनासो गरेकी थिइन् । लन्डनमा बसेर पढाई र पौडीलाई सँगै अगाडी बढाएकी गौरिकाले सन् २०१६ को रियो ओलम्पिकमा पनि संसारकै कान्छी खेलाडीको रुपमा चर्चा बटुलिन् ।
त्यतिबेला उनी १३ वर्षकी थिइन् । यसअघि २०१६ मा भारतमा भएको १२ औं संस्करणमा पनि गौरिकाले नेपालका लागि ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । गौरिकाले यसपटक अझै ६ स्पर्धामा खेल्न बाँकी छ । ‘म सकेको प्रयास गर्नेछु । अझै नेपालका लागि धेरै गर्न चाहन्छु । पहिलो स्वर्ण नेपाली सर्मथक र मेरो परिवारलाई समर्पण गर्दछु ।
बेलायतमा राम्रो तयारी गरेर आएकोले केही गर्न सक्छु भन्ने उत्साह बढेको छ,’ गौरिकाले भनिन् । गौरिकाले अन्तिममा चमत्कारिक प्रदर्शन गरेका कारण नेपालले महिला चारसय मिटर रिलेमा पनि काँस्य जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण