५ हजार मिटर दौडमा नेपाललाई थप एक स्वर्ण
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तरगत ५ हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।
नेपालका लागि गोपी चन्द पार्कीले स्वर्ण पदक जितेका हुन् । शुक्रबार भएको खेलमा उनले १४ मिनेट ५४.२० सेकेण्डमा उक्त दुरी पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै, नेपालकै हरि कुमार रिमालले सोही दौडमा काँस्य पदक जित्न सफल भएका छन् । रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दौड पूरा गर्दै नेपाललाई पदक दिलाए ।
रजत पदक भने भारतका सुनिल दवारले हात पारे ।
शुक्रबार भएको ४०० मिटर पुरुष हर्डल्समा पाकिस्तानले स्वर्ण पदक जितेको छ । पाकिस्तानका मेहबुब अलीले स्वर्ण जित्दा भारतका जबिर मदारीपा र सन्तोष कुमार कुमारले क्रमशः रजत र स्वर्ण पदक जिते ।
४०० मिटर महिला हर्डल्समा पनि पाकिस्तानकी नज्मा प्रविनले स्वर्ण पदक जितिन् । दौडमा श्रीलङ्काकी कौशल्या मधुले रजत हात पारिन् भने भारतकी वीरपाल कौरले काँस्यमा चित्त बुझाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण