रोकिराखेको ट्र्याक्टरमा मोटरसाईकल ठोक्किँदा एकको मृत्यु
रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका वडा नं। ८ निवासी १९ बर्षीय रेशम वलीको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।
मोटरसाईलकलको पछाडि सवार घोराही १० का १८ बर्षीय अमृत चौधरी घाइते भएका छन् ।
घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रारम्भीक उपचर पछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दाङ जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार शुक्रवार राति साढे ९ बजेतिर तुलसीपुरवाट नारायणपुरतर्फ जाँदै गरेको रा २ प १९५० नम्वरको मोटरसाईकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्वरको ट्रयाक्टरको ट्रलिमा ठोक्किएको थियो ।
दुर्घटना लगतै दुबै घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचारका लागि लगिएको भएपनि मोटरसाईकल चालक वलीको भने उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण