बिबाहमा नर्तकीले रोकिन् डान्स, अनि चल्यो गोली
एजेन्सी । उत्तर प्रदेशको चित्रकूटमा सम्पन्न एक विवाह समारोहमा नाच रोकेको भन्दै एक युवतीलाई गोली हानिएको छ ।
घटना डिसेम्बर १ को दिन चित्रकूटस्थित टिकरी गाउँमा भएको थियो । टिकरी गाउँका प्रधानकी छोरीको विवाहमा उक्त घटना भएको थियो ।
गोली लागेर घाइते भएकी नर्तकीलाई लखनऊको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।
नाचको क्रममा स्वास्थमा असहजता उत्पन्न भएपछि नर्तकीले नाच रोकेकी थिइन् । नर्तकीलाई गोली हान्दाको क्षण कैद भएको भिडियो भाइरल भएपछि प्रहरीले कारबाही अघि बढाएको हो ।
विवाहमा नर्तकीमाथि गोली प्रहार गरेको आरोपमा फूल सिंह र गाँउ प्रमुख सुधीर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । फूल सिंह गाउँ प्रमुखका नातेदार हुन् ।
समाजिक संजालमा भाइरल भइरहेको घटनाको भिडियो करिब १ मिनेटको छ । यसमा नर्तकीले नाच्न रोकेपछि एक व्यक्तिले अब गोली चल्नेछ भन्ने चेतावनी दिएको सुनिन्छ ।
त्यसको समर्थन गर्दै अर्को व्यक्तिले भनेको सुनिन्छ –‘सुधिर दाई तपाई नै गोली चलाइदिनुस् । ’ त्यसपछि नर्तकीलाई गोली हानिन्छ । गोली उनको अनुहारमा लागेको थियो ।
प्रहरीका अनुसार गोली फाइरिङ हुदाँ दुलाहाको मामा मिथिलेश र अखिलेश पनि मञ्चमा मौजुद थिए । उनीहरु पनि गोलीको छर्रा लागेर घाइते छन् ।
दुहाला मामाहरुले पनि अज्ञात व्यक्तिहरु विरुद्ध प्रहरीमा उजुरी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण