प्रधानमन्त्रीको गृहनगरमा अर्को बालुवाटार काण्ड, सरकारी जग्गा हत्याउँदै नेकपा नेता
आइतबार, २२ मङ्सिर २०७६, ०६ : ५७
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिका–८ बालुवाटारस्थित करोडौं मूल्यको सरकारी जमिन सत्तारुढ नेकपाकै एक नेताले कब्जा गर्ने प्रयास गरेका छन् ।
नेकपा नेता गगन पुरीले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नेता पुरीले मालपोत र नापीका कर्मचारीसँग मिलेर सरकारी जमिन व्यक्तिको नाममा पार्ने प्रयास गरेको खुलेको छ ।
पुरीले ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाका एक सामान्य व्यक्तिको नाममा पास गराएर हत्याउन खोजेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
जमिन मोरङ पथरीका ओमप्रकाश पौडेलको नाममा पास गरिदिन लागेको बुझिएको छ । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाइँले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रलाई प्रदेश सांसदले भनेः कर्णालीबाट संघमा हुने सांसदहरूले केही पनि योगदान गरेनन्
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा विशेष अदालतबाट दोषी ठहर
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
-
राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण