मेस्सीको नाममा फेरि अर्को किर्तिमान, रोनाल्डोलाई उछिने
एजेन्सी । हालैमात्र किर्तिमानी छैटौँ बालोन डि’ओर जितेका लियोनेल मेस्सीले फेरि अर्को किर्तिमान बनाएका छन् । शनिबार राती स्पेनिस ला लिगामा मायोर्काबिरुद्ध ह्याट्रिक गर्दै मेस्सीले थप नयाँ किर्तिमान बनाएका हुन् ।
योसँगै लियोनेल मेस्सी युरोपको शीर्ष पाँच लिगमा पछिल्ला हरेक १४ सिजनमा १० या सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
मेस्सीको ह्याट्रिकको मद्दतले बार्सिलोनाले मायोर्कालाई ५–२ गोलअन्तरले पराजित गर्यो । एन्टोनी ग्रिजमानले बार्सालाई खेलको सातौँ मिनेटमा अग्रता दिलाएपछि मेस्सीले खेलको १७ औँ, ४१ औँ र ८३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । बार्साका लागि अर्को गोल लुइस सुवारेजले गरे । मायोर्काका लागि एन्टे बुडिमिरले दुई गोल गरे ।
ला लिगामा मेस्सीको यो ३५ औँ ह्याट्रिक हो । उनले क्रिस्टियानो रोनाल्डोले लिगमा बनाएको ३४ ह्याट्रिकको किर्तिमानलाई पनि तोडेका छन् । रोनाल्डो भने ला लिगा छाडेर युभेन्टससँग आबद्ध भएर इटालियन लिग खेलिरहेका छन् ।
जीतसँगै बार्सिलोनाको १५ खेलबाट ३४ अंक रहेको छ र गोलअन्तरको आधारमा रियल म्याड्रिडलाई उछिन्दै लिगको शीर्ष स्थानमा रहन सफल भएको छ ।
उता, शनिबार नै भएको खेलमा रियल म्याड्रिडले एस्पानियोललाई २–० ले हराउँदै बार्सिलोनामाथि दबाब कायम राखेको छ ।
खेलमा राफायल भरानले ३७ औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको अन्त्यतिर करिम बेन्जेमाले रियलका लागि दोस्रो गोल गर्दै जीत सुनिश्चित गरे ।
खेलको ८३ औँ मिनेटमा फर्लान्ड मेन्डीले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि रियल १० खेलाडीमा सिमित भएको थियो । १५ खेलबाट रियलको पनि शीर्ष स्थानमा रहेको बार्सासँगै समान ३४ अंक रहेको छ ।
शनिबार भएका अन्य खेलमा भ्यालेन्सियाले लेभान्तेलाई ४–२ तथा ग्रान्डाले आलाभेसलाई ३–० गोलअन्तरले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण