कपिलले संजयलाई सोधेका थिए ३ सय ८ प्रेमिकाबारे प्रश्न, भड्किइन् यी नायिका
हास्यकलाकार कपिल शर्माले आफ्नो कार्यक्रम ‘द कपिल शर्मा शो’ मा संजय दत्तलाई उनका प्रेमिकासँग सम्बन्धित प्रश्न सोधेका थिए । कपिलले सोधेका थिए, ‘आखिर तपाईंले यत्तिका युवतीलाई कसरी आफ्नो प्रेमिका बन्न राजी बनाउनुभयो ?’ यसबारे संजय दत्तले आफूले अहिले पनि प्रेमिकाको गन्ती गर्ने गरेको बताए । संजयले ठट्टा गर्दै आफ्नी को–स्टार कृति सेनन सजिलै उनको ३०९ औं प्रेमिका सहजै हुनसक्छिन् पनि भनेका थिए । पनिपतमा उनको प्रस्तुतीले आफू निकै प्रभावित भएको संजयले बताएका थिए ।
फिल्म ‘वार’की नायिका दीपानिता शर्मा र थुप्रै सोसल मिडिया प्रयोगकर्ताले कपिलको यो ठट्टाको बेस्सरी आलोचना गरेका छन् । उनीहरुले यसलाई असाध्यै असंवेदनशील ठट्टा बताएका छन् । दीपानिताले ट्वीट गरेकी थिइन्, ‘एक नायक कार्यक्रममा आफ्नो नयाँ रिलिज फिल्मको प्रोमोट गर्न जान्छन् र आफ्ना ३ सय बढी प्रेमिकाबारे कुरा गर्छन् । कार्यक्रमका प्रस्तोता र दर्शक हाँस्छन् । यदि यही कुरा एउटी महिलाले भनेको भए के हुन्थ्यो ? के त्यतिबेला पनि यसलाई ठट्टाको रुपमा नै लिइन्थ्यो ? लैङ्गिक भेदभाव सधैं गलत रहँदै आएको छ । यही भेदभाव नै समस्याको मुख्य जड हो ।’
An actor on a show to promote his next release talks about his score of over 300 girlfriends.The host & audience laughs in good jest.What If a woman said the same thing on a show?Would that be a joke too?This basic gender bias is what has always been wrong.The root of all evil !
— Dipannita Sharma (@Dipannitasharma) December 5, 2019
दीपानिताको यो कुरालाई धेरैले समर्थन गरेका थिए । एक प्रशंसकले महिलालाई एक संख्यामा सिमित गर्नु लज्जाको विषय बताएका छन् । कपिल शर्माले यो भन्दा राम्रो सेन्स अफ ह्युमर प्रदर्शन गर्नुपर्दथ्यो भनेर सल्लाह दिएका छन् । यद्यपि, कतिले कपिल शर्माको समर्थन गरेका थिए र उनीहरुले उक्त ठट्टामा भल्गर वा असंवेदनशील जस्ता केही पनि कुरा नभएको बताए ।
केही समय अघि पनि विवादमा आएका थिए कपिलः
केही दिन अघि साृेसल मिडियामा कपिल शर्माले अर्चना पुरन सिंहको शारीरिक संरचनाबारे गरेको ठट्टामाथि पनि आपत्ति जताइएको थियो । ट्वीटरमा यी आलोचनापछि कपिलले अर्चनामाथि गरिने ठट्टा थोरै कम पनि गरेका छन् र उनले अर्चनासँगको एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरेका थिए जसमा आफूले अर्चनालाई निकै इज्जत गर्ने गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण