युभेन्ट्सको अपराजित यात्रामा पूर्णविराम
एजेन्सी । इटालियन सिरि ‘ए’ लिगको साविक विजेता युभेन्ट्सको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स लाजियोसँग ३–१ गोलले पराजित भयो । लाजियोको मैदानमा भएको खेलमा सुरुवाती अग्रता युभेन्ट्सले लिएको थियो ।
क्रिस्टियानो रोनाल्डोले २५ औँ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर युभेन्टेसको उक्त अग्रतालाई लाजियोले पहिलो हाफको इन्जुरी समयमा तोडेको थियो । लाजियोका रामोस मार्चीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७४औँ मिनेटमा मिलिन्कोविच साविकले गोलगर्दै लाजियोलाई अगाडी बढाए । दोस्रो हाफको इन्जुरी समयमा केईडोले गोल गर्दै लाजियोलाई सजिलै जिताए ।
यसअघि ६९औँ मिनेटमा हुवान क्वाड्राडो रातो पाउँदै मैदानबाट बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो । त्यसपछि लगातार दबाब झेलेको युभेन्ट्स अन्ततः हारनै खेप्यो ।
जितसँगै १५ खेलबाट ३३ अंक बनाएको लाजियो तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको युभेन्ट्सको ३६ अंक छ । शीर्ष स्थानमा रहेको इन्टर मिलानको ३८ अंक छ ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा इन्टर रोमासँग गोलरहित बराबरीमा रोकिएको थियो । बराबरीसँगै २९ अंक बनाएको रोमा चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण