त्रिविका परीक्षार्थीसँग पैसा लिएर नम्बर फेरबदल गर्ने फन्दामा, विशेष अदालतमा मुद्दा
आइतबार, २२ मङ्सिर २०७६, १६ : ५८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका दुई परीक्षार्थीसँग रकम लिइ परीक्षाका उत्तरपुस्तिकाको प्राप्तङ्क फेरबदल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
त्रिविका लेखा अधिकृत कमलप्रसाद दाहाल र त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
त्रियुगा जनता बहुमुखी क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी दाहाल र चौधरीले नम्बर तलमाथि गरेको पाइएको अख्तियारको भनाइ छ ।
अख्तियारले जानुका र हिराविरुद्ध पनि मुद्दा दायर गरेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण