‘सन्नाटाको एउटा स्वर’ मार्फत लेखक खगेन्द्र सङ्ग्रौलाको जीवनी ‘भण्डाफोर’
काठमाडौं । साहित्यकार तथा लेखक खगेन्द्र सङ्ग्रौलाको जीवनी ‘सन्नाटा एउटा स्वर’मार्फ उनको जीवनको भित्री कथा आगामी चैत्र १५ गते ‘भडाभोर’ हुने भएको छ । आइतबार काठमाडौँमा जीवनी ‘सन्नाटा एउटा स्वर’ पुस्तकको आवरण सार्वजनिक कार्यक्रममा लेखक संग्रौलाले चैत १५ गते पुस्तकमार्फ आप्नो जीवनका भित्रि कथाको भण्डाफोर हुने बताएका हुन् ।
यता पुस्तकमा सङ्ग्रौलाको जीवनका सम्पूर्ण आयामलाई समेटिइएको लेखक उज्ज्वल प्रसाईँले बताए । संगा्रैलालाई बलियो प्रतिपक्षी आवाजका रुपमा आम नेपाली पाठकले चिन्ने गरेको उनको भनाइ थियो ।
नेपाली साहित्य र राजनीतिमा चाख बढ्न थालपछि सङ्ग्रौलाद्वारा लेखिएका विविध सृजना अध्ययन गरेको उनले बताए ।
नेपाली समाज र राजनीतिमा आउने गरेका अनेक उतरचढावलाई कहिले सक्रिय संलग्न त कहिले किनारामा उभिएर बुझ्ने र व्याख्या गर्ने प्रयत्न संग्रौलाले गरेको लेखक प्रसाईले बताए । विगत ४ वर्षदेखि सङ्गौलाको जीवनी लेखमा खटिएको समेत उनको भनाइ छ ।
लेखक सङ्ग्रौलाले जीवनी प्रकाशन हुने नजिकिँदै जाँदा आफूमा दुविधा बढेको उनले बताए । ‘मेरो जीवनी नै तयार होला भनेर भनेर मैले कहिल्लै सोचेको थिइन,’ उनले भने, ‘समाजका लागि राम्रो काम गरेका व्यक्तिहरुको जीवनी आउन बाँकी छ ।’
जीवनमा सबैभन्दा बढी केरकार प्रहरी, श्रीमती र लेखक उज्ज्वल प्रसाईले गरेको उनले बताए । ‘दुविधा र संकोच मानेर उज्ववललाई प्रश्नको उत्तर दिएँ,’ उनले भने, ‘मेरो जीवनका सम्पुर्ण कुराको चैत १५ गतेका दिनमा भण्डाफोर हुन्छ ।’
यस्तै समाजसेवी तथा योगगुरु दीपक भेटवालले सङ्गौलाको जीवनी लेखिनु पर्छ भनेर आफूले प्रसाईँलाई आग्रह गरेको बताए । अप्ठारो समयमा पनि सत्य बोल्न हिम्मत गर्ने र तिनलाई शृङगार गर्ने शिल्पको संयोजन गरेर सङ्ग्रौलाले लेखन यात्रामा ५ दशक विताइसकेका उनको भनाइ थियो ।
सङ्ग्रौलाको सिर्जना पढ्ने आफू मात्र नभएर भविष्यका पुस्तालाई प्रेरणाको स्रोत जरुरी भएले सङग्रौलाको जीवनी ल्याएको उनले बताए । प्रकाशन गृह बुक—हिलका अध्यक्ष भूपेन्द्र खड्काले पुस्तक चैत्र १५ गते काठमाडौंमा सार्वजनिक गरिने बताए । ‘बुकको ९० प्रतिशत काम सकिसकेको छ,’ उनले भने, ‘१० प्रतिशत पुस्तकको काम बाँकी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण