नेकपा सचिवालयको बैठक सोमबार १ बजे बस्ने
काठमाडौं । सोमबार बिहान नौ बजेका लागि तय भएको नेकपा सचिवालय बैठकको समय परिवर्तन भएको छ । यसअघि गत बुधबार बसेको सचिवालय बैठकले उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृया टुंग्याउन सोमबार बिहान नौ बजेका लागि बैठक वोलाउने निर्णय गरेको थियो ।
सचिवालयका सदस्यहरुको समयलाई ख्याल गर्दै समय परिवर्तन भएको महासचिव विष्णु पौडेलले जानकारी दिए । आइतबार अध्यक्ष प्रचण्डले सोमबारको बैठकमा पेश गर्ने एजेण्डाका बारेमा पार्टी नेताहरुसँग छलफल गरेका थिए ।
सोमबारको बैठकमा प्रचण्डले विभिन्न बैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । प्रचण्डको प्रस्तावमा पार्टी एकता प्रकृयालाई पूर्णता दिँदै ६ महिने अभियान चलाउने योजना समेत समेटेको बताइएको छ ।
यसैबीच प्रधानमन्त्री केपी ओलीले सोमबारै मत्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीले सोमबार ४ बजे मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि झण्डै दुई सातायता मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण