जलपरी गौरिकाको स्वर्णमा ह्याट्रिक
काठमाडौं । नेपालकी जलपरी गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तीनवटा स्वर्ण जित्दै नयाँ किर्तिमान बनाएकी छन् । सागमा कुनैपनि नेपाली खेलाडीले ह्याट्रिक स्वर्ण जितेको यो पहिलो पटक हो । सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार भएको चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दै गौरिकाले साग स्वर्णमा ह्याट्रिक गरेकी छन् ।
ओलम्पियन पौडीबाज गौरिकाले निर्धारित दुरी चार मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै स्वर्ण चुमेकी हुन् । यस स्पर्धामा भारतकी शिवांगी शर्माले चार मिनेट २६.२२ सेकेन्डमा दुरी पूरा गर्दै रजत जितिन् । श्रीलंकाकी खेलाडीले काँस्य हात पारिन् ।
यसअघि गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोक र फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् । साग पौडीको विभिन्न आठ स्पर्धामा सहभागी १७ बर्षीया गौरिकाले थप दुई कांस्य समेत जितेकी छन् । गौरिकाले सोमबार पनि स्वर्ण जित्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण