इजरायली लगानीकर्तालाई ऊर्जामा लगानी गर्न मन्त्री पुन आग्रह
सोमबार, २३ मङ्सिर २०७६, २० : २४
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा, जलविद्युत र सौर्य ऊर्जाका क्षेत्रमा इजरायली लगानीकर्तालाई लगानीका लागी प्रेरित गरिदिन आग्रह गरेका छन् ।
इजरायली विकास नियोगका प्रमुख गील हसकेलले आज आफूसँग भएको भेटमा उनले प्रशारण लाइन विस्तार, जलविद्युत र सौर्य ऊर्जाको विकासमा सहकार्य गर्न आग्रह गरे ।
सो अवसरमा मन्त्री पुनले सरकारले पाँच वर्षमा पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै खपतका लागि आन्तरिक र बाह्य बजार तयार रहेको जानकारी गराएका थिए ।
भेटमा प्रमुख हसकेलले स्मार्ट ग्रीड, पावर स्टेशन र स्मार्ट सोलुशनका क्षेत्रमा काम गर्न इजरायल इच्छुक रहेको बताएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण