विवाहको एक वर्षपछि श्रीमानसँग अलग्गिइन् यी नायिका, बताइन् कारण
बलिउड नायिका श्वेता बसु प्रसादले एक वर्षअघि १३ डिसेम्बरमा गोप्य विवाह गरेर सबैलाई अचम्ममा पारेकी थिइन् । तर अब विवाहको एक वर्ष पनि पूरा हुन नपाउँदै उनको आधिकारिक घोषणाले मानिसहरुलाई थप अचम्ममा पारेको छ । मकडी नामको फिल्मकी नायिका श्वेता बसु प्रसादले इन्स्टाग्राममा एउटा पोष्ट सेयर गर्दै श्रीमान् रोहित मित्तलसँग अलग्गिने घोषणा गरेकी छिन् ।
उनले इन्स्टाग्राममा सेयर गर्दै लेखिन्, ‘रोहित मित्तल र मैले आफ्नो आपसी समझदारमा आफ्नो विवाहलाई समाप्त गर्ने निर्णय लिएका छौं । थुप्रै महिनापछि हामी एक अर्काको राम्रोको लागि यो नतिजामा पुगेका छौं ।’
‘गाता हेरेर राम्रो लागेर किनेका सबै किताब पूरा पढ्नै पर्छ भन्ने हुँदैन, केही किताब यस्ता पनि हुन्छन् जसलाई अधुरो छोड्दा नै राम्रो हुन्छ । धन्यवाद रोहित यति धेरै अविष्मरणीय पलका लागि र मलाई सधैं प्रेरित गरेकोमा । तपाईंको अबका दिन राम्रो होस्, तपाईंकी सधैंकी चियरलिडर ।’
गत वर्ष १३ डिसेम्बरमा उनले गुणेको ग्रान्ड हयातमा फिल्म निर्माता रोहित मित्तलसँग विवाह गरेकी थिइन् ।
श्वेता र रोहितको विवाह बंगाली रीति–रिवाज अनुरुप भएको हो । विवाहपछि बंगाली पहिरनमा दुबैको तस्बिर पनि सार्वजनिक भएको थियो ।
केही महिना अघि इटलीमा श्वेता र रोहितको रोमान्टिक भेकेसनको तस्बिर पनि भाइरल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण