लोकसेवा आयोगले माग्यो ७६८ जना अधिकृत (सूचनासहित)
काठमाडौँ । लोकसेवा आयोगले ७६८ जना शाखा अधिकृतको माग गरेको छ । आयोगले बुधबार निकालेको विज्ञापनअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी सो संख्यामा अधिकृतको माग गरिएको हो ।
जसअनुसार न्याय सेवा अप्राविधिकको लागि १३६ जना माग गरिएको छ भने महिला ३७, आदिवासी जनजाती ३०, मधेसी ३०, दलित ११, अपांग ६ र पिछडिएको बर्ग ५ जना माग गरिएको छ ।
यसैगरी प्रशासन, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदतर्फका विभिन्न सेवा तथा समूहमा खुलातर्फ २८३ जना अधिकृत माग गरिएको छ ।
यस्तै महिला ७७, आदिबासी जनजाती ६१, मधेसी ५१, दलित २०, अपाङ्ग ११ र पिछडिएको क्षेत्रबाट १० जना माग गरिएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस १५ गतेभित्र आवेदन दिनुपर्नेछ भने दोब्बर दस्तुर तिरेर पुस २२ गतेभित्र पनि आवेदन दिन सकिने आयोगले जनाएको छ । आवेदन अनलाइनमार्फत दिनुपर्नेछ ।





यसैबीच आयोगले ३१९ अधिकृत पदहरुको जेष्ठता र कार्यसम्पादन मूल्याङकनद्वारा बढूवा गर्नेगरी सूचना निकालेको छ । सम्भाव्य उम्मेदवारले पुस २९ भित्र दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण