चेल्सी र भ्यालेन्सिया नकआउटमा
एजेन्सी । इङ्लिस क्लब चेल्सी र स्पेनिस क्लब भ्यालेन्सिया युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एच’ अन्तर्गत घरेलु मैदानमा मंगलबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिलेलाई २–१ गोलले हरायो ।
अर्को खेलमा भ्यालेन्सियाले डच क्लब आयाक्सलाई उसैको मैदानमा १–० गोलले स्तब्ध बनायो । अघिल्लो सिजन सानदार प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको आयाक्स यसपटक च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
चेल्सीको जितमा टमी अब्राहम र सिजर एजपिलिक्वेटाले गोल गरे । लिलका लागि रेमीले एक गोल फर्काएका थिए । चेल्सीले १९औं मिनेटमा टमीको गोलबाट अग्रता लिएको थियो । ३५ औँ मिनेटमा सिजरले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । लिलेका लागि ७८ औँ मिनेटमा रेमीले गोल फर्काएका थिए ।
यसैगरी भ्यालेन्सियाको जितमा रोड्रिगोले गोल गरे । रोड्रिगोले २४ औँ मिनेटमा गरेको गोल भ्यालेन्सिकाको जितमा निर्णायक बन्यो । जितसँगै समूह विजेता चेल्सी र उपविजेता भ्यालेन्सियाले समान ११ अंक बनाए । भ्यालेन्सियासँगको हार आयाक्सका लागि निकै महंगो बन्यो । १० अंक बनाएको आयाक्स तेस्रो स्थानमा रहँदै बाहिरिएको हो । एक अङ्क बनाएको लिले अन्तिममा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण