परिवारले सलमानलाई दिए बिग बोस १३ छोड्ने अल्टिमेटम !
‘बिग बोस १३’ सिजन आजकाल निकै चर्चामा छ । कार्यक्रमले निकै राम्रो टिआरपी पाएको छ जसका कारण निर्माताले यसलाई पाँच हप्तासम्म बढाउने निर्णय पनि गरेका छन् । यो शो अब फेब्रुअरीमा समाप्त हुनेछ । कार्यक्रमको लगातारको सुटिङ र विभिन्न कमिटमेन्ट्सका कारण प्रस्तोता सलमान खानलाई अब उनको स्वास्थ्यले साथ नदिइरहेको भारतीय संचार माध्यमले बताएको छ ।
सलमान आफैंले पनि शोलाई छोड्ने बताइसकेका छन् । र उनलाई थुप्रै पटक अत्यधिक रिसाइरहेको पनि देख्न सकिन्छ । यस्तोमा हालै सार्वजनिक भएको रिपोर्ट अनुसार सलमानको परिवारले पनि स्वास्थ्यको समस्याका कारण सलमानलाई शो छोड्न भनेका छन् ।
ट्राइजेमिनल न्यूरलजियाबाट पीडित छन् सलमानः
स्रोतलाई उद्धृत गर्दै डेकन क्रोनिकलमा छापिएको रिपोर्टले सलमान ट्राइजेमिनल न्यूरलजियाबाट ग्रसित भएको र उक्त रोगका कारण उनी रिसाउन नहुने दाबी गरेको छ ।
यो रोग लागेकाहरुलाई अनुहारको मांसपेशी खुम्चाएपछि अत्यधिक पीडा हुन्छ । यस्तोमा कार्यक्रमका प्रतियोगीको व्यवहारमा जब सलमानलाई रिस उठ्छ तब त्यो उनीहरुको स्वास्थ्यको हिसाबले ठिक नभएको बताइएको छ । सलमानले पछिल्ला केही सिजनदेखि शो छोड्नेबारे कुरा गरिरहेका छन् तर हरेक पटक च्यानल र प्रोडक्सन हाउसले उनलाई मनाएर छोड्छन् तर यसपटक सलमान शो छोड्ने कुरामा अडिग भएको जस्तो देखिन्छन् । उनका आफन्तले पनि अहिले निर्मातालाई सुटिङको क्रममा सलमानलाई धेरै तनाव नदिन सल्लाह दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण