गौरिका बनिन् सर्वाधिक पुरस्कार पाउने खेलाडी
बुधबार, २५ मङ्सिर २०७६, १७ : ३३
काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेपछि हालै सम्पन्न सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले सबभन्दा धेरै पुरस्कार पाउने भएकी छन् ।
प्रधानमन्त्री ओलीले गरेको घोषणाअनुसार सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाखका दरले पुरस्कार दिइनेछ । यो हिसावले सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले सिधै ४४ लाख पाउने छिन् । यसका अतिरिक्त उनले २ वटा रजत पदक पनि जितेकी छन् । रजत जित्नेलाई प्रतिव्यक्ति ६ लाखका दरले दिने घोषणा गरिएको छ ।
यसबाट गौरिकाले थप १२ लाख पाउँनेछिन् । यो दुवैको जोड्दा गौरिकाले ५६ लाख पाउँछिन् । गौरिकाले काँस्य पदक समेत जितेकाले अरु थप रकम समेत पाउँनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण