आफूलाई दिने भनिएको अवार्ड रणवीरलाई दिएपछि कार्यक्रम बीचमै छोडे शाहिदले
बिहीबार, २६ मङ्सिर २०७६, ०८ : २१
बलिउड अभिनेता शाहिद कपूरले आफूलाई दिने भनिएको अवार्ड रणवीर सिंहलाई दिएपछि कार्यक्रम बीचमै छोडेका छन् । उनलाई उत्कृष्ट अभिनेताको अवार्ड दिने पक्का गरिएको थियो ।
एक अवार्ड कार्यक्रममा उनको फिल्म ‘कबीर सिंह’ ले अवार्ड पाउने तय भएको भए पनि अन्तिम सयममा ‘गली ब्वाई’ बाट रणवीर सिंहलाई अवार्ड दिइएको थियो ।
शाहिद कपूरले अवार्ड पाउने निश्चित भएको र उनले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती पनि दिने तयारीमा थिए । त्यसको लागि उनी तयारी पनि गरिरहेका थिए । तर, अन्तिम समयमा अवार्ड रणवीर सिंहलाई दिएपछि उनी रिसाएर प्रस्तुती समेत नदिई कार्यक्रम छोडेर गएको भारतीय सञ्चार माध्इममा उल्लेख गरिएको छ ।
उनी अभिनित फिल्म ‘कबीर सिंह’ यो वर्ष बक्स अफिसमा निकै राम्रो कलेक्शन गरेको थियो । फिल्मको जम्मा कमाई २८० करोड भारु छ भने यस फिल्मले दर्शकको मन पनि उत्तिकै जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने