आफूलाई दिने भनिएको अवार्ड रणवीरलाई दिएपछि कार्यक्रम बीचमै छोडे शाहिदले
बिहीबार, २६ मङ्सिर २०७६, ०८ : २१
बलिउड अभिनेता शाहिद कपूरले आफूलाई दिने भनिएको अवार्ड रणवीर सिंहलाई दिएपछि कार्यक्रम बीचमै छोडेका छन् । उनलाई उत्कृष्ट अभिनेताको अवार्ड दिने पक्का गरिएको थियो ।
एक अवार्ड कार्यक्रममा उनको फिल्म ‘कबीर सिंह’ ले अवार्ड पाउने तय भएको भए पनि अन्तिम सयममा ‘गली ब्वाई’ बाट रणवीर सिंहलाई अवार्ड दिइएको थियो ।
शाहिद कपूरले अवार्ड पाउने निश्चित भएको र उनले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती पनि दिने तयारीमा थिए । त्यसको लागि उनी तयारी पनि गरिरहेका थिए । तर, अन्तिम समयमा अवार्ड रणवीर सिंहलाई दिएपछि उनी रिसाएर प्रस्तुती समेत नदिई कार्यक्रम छोडेर गएको भारतीय सञ्चार माध्इममा उल्लेख गरिएको छ ।
उनी अभिनित फिल्म ‘कबीर सिंह’ यो वर्ष बक्स अफिसमा निकै राम्रो कलेक्शन गरेको थियो । फिल्मको जम्मा कमाई २८० करोड भारु छ भने यस फिल्मले दर्शकको मन पनि उत्तिकै जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण