रोनाल्डो र हिगुइनको गोल
सुपरस्टार क्रिस्टियानो रोनाल्डो र गोन्जाहो हिगुइनले गोल गरेपछि इटालियन महारथि युभेन्ट्सले युइएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर लिभरकुशनमाथि सहज जित निकालेको छ ।
समूह ‘डी’ अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्ट्सले बायर लिभरकुशनलाई २–० गोलले हरायो । जितसँगै युभेन्ट्स समूह विजेता बन्दै च्याम्पियन्स लिगको नकआउच चरणमा प्रवेश गरेको छ । बायरको मैदानमा भएको खेलमा युभेन्ट्सलाई जिताउन रोनाल्डोले ७५औं र हिगुइनले खेलको अन्तिम समयमा गोल गरेका थिए ।
यही समूहको अर्को खेलमा स्पेनिस जाइन्ट किलर एट्लेटिको म्याड्रिडले लोकोमोटिभ मस्कोलाई २–० गोलले हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनायो । एट्लेटिको जितमा किरन ट्रिप्पियरले १७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । अर्को गोल जोआओ फिलिपेले ५४औं मिनेटमा गरेका थिए । यस समूहको विजेता युभेन्ट्सले ६ खेलबाट १६ अंक बनायो । उपविजेता एट्लेटिको १० अंक सहित दोस्रो स्थानमा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण