११ मिनेटमा चार गोल गर्दै युनाइटेड युरोपा लिगको नकआउट चरणमा
एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा युनाइटेडले डच क्लब एजेड अल्कमारलाई ४–० गोलले हरायो ।
जितसँगै युनाइटेड समूह ‘एल’ को विजेता बन्दै नकआउच चरणमा पुगेको हो । युनाइटेडले ६ खेलबाट १३ अंक बनायो । हारेपनि अल्कमारले समूह उपविजेता बन्दै नकआउट चरणमा स्थान बनायो । समूहको दोस्रो स्थानमा रहेको अल्कमारले नौ अंक बनाएको छ ।
युनाईटेडले दोस्रो हाफमा ११ मिनेटको अन्तरालमा चार गोल गरेको थियो । युनाइटेडलाई जिताउन मासन ग्रिनउडले दुई गोल गरे । एस्ली योङ र हुवान माटाले एक एक गोल गरेका थिए । योङले ५३ औँ मिनेटमा खाता खोले । मासनले ५८ औँ र ६४ औँ मिनेटमा दुई गोल गरे । यसअघि ६२ औँ मिनेटमा माटाले पेनाल्टीमार्फत एक गोल गरेका थिए । युरोपा लिगका नकआउच चरणमा खेल तालिका भने समोबार सार्वजनिक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण