बेलायत आमनिर्वाचनः कन्जर्भेटिभले पायो बहुमत, लेबर निराश
शुक्रबार, २७ मङ्सिर २०७६, ११ : ३४
बेलायतको आम निर्वाचनमा सत्ताधारी कन्जर्भेटिव पार्टीले ठूलो जीत हासिल गरेको छ । पार्टीले स्पष्ट बहुमत हासिल गरेको हो ।
६ सय ५० सिट भएको संसदमा पार्टीले बहुमतका लागि आवश्यक ३ सय २६ सिटको आँकडा पार गरेको छ । रुझानका अनुसार उनीहरुको खातामा ३ सय ६३ सिट आउन सक्छ ।
विपक्षी लेबर पार्टीले आफ्नो पारम्परिक सिट गुमाइसकेको छ । उसको सिटको संख्या घटेर दुई सयभन्दा पनि तल झरिसकेको बुझिएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले अब आफूले नयाँ जनादेश पाएको बताएका छन् । अब यसमार्फत् आफूले बेलायतलाई युरोपेली संघबाट अलग्याउने ब्रेक्जिट डिल लागु गर्न सक्ने र बेलायतलाई एकजुट बनाउन सक्ने उनले बताएका छन् ।
लेबर पार्टीका नेता जेरेमी कार्बिनले नतिजामाथि अफसोस जताउँदै यसलाई ‘लेबर पार्टीका लागि एउटा ठूलो निराशाजनक रात’ बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण