प्रहरी निरीक्षक दाहालको दाहसंस्कार
काठमाडौं । ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी निरीक्षक अमिरकुमार दाहालको शनिबार पशुपति आर्यघाटमा स–सम्मान दाहसंस्कार गरिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले स्व. दाहालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
साथै प्रहरी नायव महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु तथा स्व. दाहालका परिवारजन एवं आफन्तजनले समेत उनको पार्थिव शरीरमा फूलगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्व दाहालको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । स्व. दाहालको पार्थिव शरीरमा उनका बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिएका हुन् ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिका– ५ कुचियाही टोलमा शुक्रबार राति शंकास्पद वस्तु विष्फोटन हुँदा गम्भीर घाइते भएको दाहालको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको थियो । स्व. दाहालका बुवा, आमा, श्रीमती र एक छोरा छन् ।
प्रहरी निरीक्षक स्व. दाहाल २०७६ साउन ८ गतेदेखि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखको रुपमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण