घर सफा गर्दा फोहोरमा गल्तीपूर्वक विवाहको हिराको औंठी फ्याँके, ३० टन फोहोरमा खोजी
अष्ट्रेलियाका एक जोडीले जब आफ्नो विवाह र इन्गेजमेन्टको औंठी हराएको थाहा पाए तब उनीहरुको सात्तो गयो ।
‘नाम सार्वजनिक नगरिएको यो जोडीले मेलबर्नस्थित मालबेर्नमा रहेको आफ्नो घर पुनर्निर्माण गरिरहेका थिए,’ स्टोनिङ्गटोन सिटी काउन्सिलका प्रवक्ता जिम कार्डेनले बताए ।
‘उनीहरुले घरबाट निस्केको फोहोरलाई शनिबार स्टोनिङ्गटोनको फोहोर संकलन केन्द्रमा फ्याँकेर घर फर्किए । घर फर्किएपछि उनीहरुलाई थाहा भयो कि उनीहरुले गल्तीपूर्वक गहनाको सानो बक्स पनि फ्याँके जसमा उनीहरुको निकै सुन्दर इन्गेजमेन्ट र विवाहका औंठी थिए,’ कार्डेनले भने ।
उनीहरुले हतारमा फोहोर संकलन केन्द्रमा फोन गरे तर केन्द्र बन्द हुन लागेको जानकारीसहित अर्को दिन बिहानै आउन आग्रह गरियो ।
‘रातभरी नसुतिकनै उनीहरु घटनाको भोलिपल्ट बिहान ४ बजे केन्द्र पुगे,’ कार्डेनले भने, ‘उनीहरुले ट्रकभरीको फोहोरमा आफ्नो औंठी खोज्ने योजना बनाइसकेका थिए ।’
३० टन फोहोर भएको उक्त ट्रक खोलियो । सबै फोहोर एकएक गरेर हेरेपछि उनीहरुले अन्ततः आफ्नो गुलाबी फोहोर ब्यागमा जुलरी बक्स र औंठी भेटे ।
कार्डेनले उक्त औंठी भेटिनुलाई ‘एक प्रकारको क्रिसमस म्याजिक’ बताएका छन् र केन्द्रका कर्मचारीलाई जोडीलाई अत्यधिक सहयोग गरेको भन्दै निकै तारिफ पनि गरेका छन् ।
‘हामीले हाम्रो केही यादहरुलाई बचाउन सकेकोमा निकै खुसी छौं र हामीलाई राम्रोसँग थाहा छ कि यी औंठी हाम्रोलागि भावनात्मक र आर्थिक रुपमा निकै महत्वपूर्ण छ,’ यसलाई काल्पनिक परिणामको संज्ञा दिँदै बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण