वैदेशिक रोजगारबारे श्वेतपत्र जारी गर्न छाया श्रममन्त्रीको माग
काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा छाया श्रममन्त्री डा.डिला संग्रौलाले नेकपा नेतृत्वको सरकार हरेक क्षेत्रमा असफलतातर्फ उन्मुख भएको बताएकी छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै छाया मन्त्री संग्रौलाले सर्वहारा तथा श्रमिकको नाममा शासन गर्ने तर क्रोनि क्यापिटालिजमलाई अंगालो मार्ने सरकारले हरेक क्षेत्रमा भ्रष्टाचारलाई बढावा दिइ रहेको दावी गरिन् ।
‘हरेक दिनजसो सडक दुर्घटनामा सर्वसाधारण, निर्दोष जनताको ज्यान गइरहेको छ, तर सरकार कानमा तेल राखेर सुतेको छ । यो पृष्ठभूमिमा पौष ४ गते बाट शुरु हुने संसदको हिउँदे अधिवेशनमा खासगरी श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य गर्न हामीले जोडदार आवाज उठाउने कुरा जानकारी गराउन चाहन्छु’ संग्रौलाको भनाई छ ।
साथै उनले वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वर्तमान अवस्थाबारे तत्काल एउटा श्वेतपत्र जारी गर्न सरकारसँग माग गर्दै यस क्षेत्रका समस्याहरूको पहिचान गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका कार्यक्रम ल्याउन पनि आह्वान गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण