शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङले ल्यायो ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’

मङ्गलबार, ०१ पुस २०७६, १८ : ३८
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौं– नेपालमा रहेका कोरियन संस्कृति र संगीत पारखीहरुका लागि अव एउटा खुशीको खबर थपिएको छ । आफूलाई के–पपको साँगीतिक आकर्षणमा उभ्याइसकेका र त्यसको प्रयासमा रहेका युवा–युवायुवतिका लागि सामसङले ल्याएको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ ले त्यो अवसर जुटाइदिएन लागेको हो । 

दक्षिण कोरियामा शुरु भएको लोकप्रिय संगीत विधा के–पप (कोरियाली पप) ले नेपालमा समेत बजार ओगटिरहेकावेला लोकप्रिय संस्कृतिलाई समेटेको संगित विधा के–पपले नेपाली बजारमा समेत राम्रो स्थान पाइसकेको विद्यमान अवस्थामा ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ नेपालमा ल्याउने उद्घोषसँगै कोरियन संस्कृतिवाट भरिपूर्ण डान्स प्रति आकर्षण भएका युवायुवतिका लागि यो अवसर जुटेको हो । 

ब्ल्याक पिंक डान्स फेस्टिवल’ ले कोरियाली गित/संगीत प्रेमीकालागि एउटा नविनतम प्लेटफर्म (अवसर) सृजना गरिदिएको मात्र होइन सामसङको ए८० सिरिजका चार–चार वटा फोन एकैपटक जिल्न सक्ने अवसर समेत ल्याएको छ । त्यतिमात्र नभई यसका सहभागि १० टिमले ५/५ हजार रुपैयाँ भन्दा बढीका गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने छन् । 

यही डिसेम्वरको २८ तारिकमा काठमाडौंको सिल्भर ओक ब्यकङ्केट र इभेन्ट सेन्टरमा हुन लागेको कोरियन म्युजिक डान्समा सहभागिता जनाउनकालागि सहभागिता जनाउन चाहने ब्यक्ति वा समूहले कुनै पनि के–पप गीतमा १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारीक वेवसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने छ । त्यसकालागि कम्पनिले डिसेम्वर महिनाको २० तारिक सम्मको समय उपलब्ध गराएको छ । 

त्यस अवधिसम्ममा आफ्नो के–पप म्युजिकको डान्स भिडियो कम्पनिको इमेल [email protected]मा सब्मिट गराउनु पर्दछ । यसरी उपलब्ध गराउने हरु मध्ये निर्णायक मण्डलले २२ डिसेम्वरमा १० ब्यक्ति/टोलीको छनौट गर्ने छ । 

यसरी छनौट गरिएका १० प्रतिस्पर्धीले सामसङ नेपालका तर्फवाट ५/५ हजार भन्दा बढीको गिस्ट ह्याम्पर प्राप्त गर्नेछन् भने प्रतिस्पर्धाको दोस्रो चरण अर्थात २८ डिसेम्वरमा आयोजना हुने फाइनल राउण्डमा ४ सय भन्दा बढी दर्शककावीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर प्राप्त गर्नेछन् । त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागी दर्शकले समेत विभिन्न खालमा ग्रिफ्ट प्राप्त गर्नेछन् । 

प्रतिस्पर्धाका लागि बिशेष किसिमको कुनै नियम वा उमेर समूह नतोकिएको भएपनि यस बिषयमा कुनै दुविधा भए सामसङ नेपालको अफिसियल फेसवुक पेज समेत हेरेर अपाmूलाई आवश्यक पर्ने जानकारी लिन सकीने छ । 

फाइनलमा पुगेका १० टिम मध्ये टप थ्रि मा पर्ने टिमलाई सामसङ नेपलका तर्फवाट बिशेष पुरस्कार प्राप्त हुने छ । जसमा प्रथम हुने टिमलाई चार सेट सामसङ ए८० फोन, द्धितिय हुनेलाई सामसङ ए५०एस र तृतिय हुनेलाई सामसङ ए३०एस फोन सेट उपलब्ध हुने छ । 

के–पप विदेशी बजारमा निकै प्रचलित कोरियाको संस्कृति झल्काउने सांगितक कार्यक्रम हो । नेपाली बजारमा रहेका गित/संगीतका प्रेमीहरुलाई पनि त्यो अवसरमा सहभागिता जनाउने, आफ्नो कला देखाउने र यस्ता गित/संगितप्रति इमोसनल्ली एट्याच हुने अवसर सृजनागर्ने उद्धेश्यले सामसङले यसै बर्षदेखि नेपालमा यो अभियानको शुरुवात गरेको हो । नेपालमा कोरियन गित विगत देखि नै निकै पपुलर पनि छन् । 

ब्ल्याक पिंक कभर डान्स कन्टेस्ट नामको यो सांगीतिक कार्यक्रम के–पपको ग्राण्ड इभेन्ट अर्थात फाइनलमा सहभागिता जनाउन कुने शुल्क लाग्दैन । यसका सहभागिता जनाउन दर्शकले इन्ट्री पास मात्र लिए पुग्छ । 

के–पप कोरियाली पप अर्थात दक्षिण कोरियामा शुरु भएको लोकप्रिय संगीतको विधा हो । यो विधा सन् १९९० पछि शुरु भएको पाइन्छ । हाल कोरियमा मात्र नभई बिश्वका धेरै मुलुकमा के–पप प्रसिद्ध छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप