कलैयाबाट चरेससहित भारतीय नागरिक पक्राउ
बुधबार, ०२ पुस २०७६, १७ : २१
रौतहट । बारा प्रहरीले ठुलो परिमाणमा लागुऔषध चरेससहित भएकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । चरेससहित पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला कुन्डवा चैनपुर थानाक्षेत्र अन्तरगत लौखान कोरैया ग्रामपञ्चायत ८ का भजु महजोका ४० वर्षीय छोरा गुलावी महतो कोइरी रहेको प्रहरीले जनाएको छ ।
कोइरीले पिठयुमा बोकेको झोलाबाट ९ प्याकेट (८ किलो ५०० ग्राम लागुऔषध) चरेश बरामद गरिएको बारा प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए । कलैया बजारस्थित सन्दिदप साहको होटेलमा खाना खाइरहेका कोइरीलाई बसपार्क अस्थाई प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । कोइरीलाई अहिले हिरासतमा राखिएको र निजमाथि लागुऔषध सम्बन्धी मुद्धा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण